anmol jasita

सरौतो ट्रेलर: बदला लिन सुमीको दमदार एक्सन

सरौतो ट्रेलर: बदला लिन सुमीको दमदार एक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हरी हुमागाईं निर्देशित सिनेमा ‘सरौतो’को ट्रेलर रिलिज भएको छ । छायाँकनमा स्थापित नाम पहिलो पटक फिचर सिनेमा निर्देशनमा होमिएका छन् ।

एक्सन प्रधान सिनेमामा सुमी मोक्तानको मुख्य भूमिका छ । उनि सुन्न र बोल्न नसक्ने चरित्रमा देखा परेकी छन् । बदलाको कथा भन्ने सिनेमामा विजय लामा, युवराज लामा, सन्नी सिंह, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ ।

राजधानीमा आयोजित ट्रेलर लन्च प्रोग्राममा खानेपानी मन्त्री बिना मगर प्रमुख अतिथिको रुपमा उपस्थित भएकी थिइन् । ट्रेलर हेरे पश्चात उनले ‘सरौतो’ जस्तो सिनेमाले महिला सशक्तिकरणमा प्रमुख भूमिका खेल्ने आशा व्यक्त गरिन । ‘महिलाप्रधान, त्यसैमा बहिरा महिलाको प्रतिनिधित्व गर्ने ‘सरौतो’ले समाज परिवर्तनमा पनि भूमिका खेल्नेछ । मेरो तर्फबाट निर्माण पक्षलाई सफलता शुभकामना ।’ उनले भनिन् ।

यस्तै अभिनेत्री सुमीले सांकेतिक भाषामा कार्यक्रम सम्बोधन गरेकी थिइन् । एक्सन र सांकेतिक भाषा सिक्न सुमीले कडा मेहनत र समय खर्चिएको निर्माण पक्षले बतायो ।

राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार सिनेमामा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।

शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको सिनेमामा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह-निर्मातामा श्री महर्जन छन् । सिनेमा २२ कार्तिकदेखि अलनेपाल रिलिज हुँदैछ ।