जान्ह्वीलाई चाहियो ‘कबिर सिंह’ र ‘जोकर’को फिमेल भर्सन

जान्ह्वीलाई चाहियो ‘कबिर सिंह’ र ‘जोकर’को फिमेल भर्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘धडक’ डेब्यु अभिनेत्री जान्ह्वी कपूरले महिला स्वभावमा पनि सिनेमा निर्माण हुनुपर्ने जोड दिएकी छन् । ‘जियो ममी मुभी मेला विथ स्टार’ कार्यक्रममा उनले महिला पात्रलाई प्रस्तुत गरेर सिनेमा बनाउने समय आइसकेको बताइन ।

जस्तै ‘कबिर सिंह’ र ‘जोकर’जस्ता सिनेमाको फिमेल भर्सन पनि बन्नु पर्ने उनको धारणा छ । ‘समय बदलिँदो छ । अब हामी सानो भूमिकामा काम गर्न सक्दैनौँ । महिलाप्रधानको कुरा गर्दा नूतन जीको ‘बंदिनी’ जस्तो पात्र मैले सोच्ने गर्छु ।’ उनले अन्तर्वार्तामा भनेकी छन् ।

जान्ह्वीका ‘गुञ्जन सक्सेना: द कार्गिल गर्ल’ र ‘रुही अफ्जा’ नामक सिनेमा प्रदर्शनको तयारीमा छन् । ‘धडक’ हिट भए पछि जान्ह्वीका कुनै पनि सिनेमा रिलिज भएका छैनन् ।