कार्तिक र साराको प्रेममा सैफको मन्जुरी

कार्तिक र साराको प्रेममा सैफको मन्जुरी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका उदाउँदा स्टार कार्तिक आर्यन र सारा अलि खान केहि समय यता प्रेममा छन् । तर, पछिल्लो समय करिअरलाई समय दिने भन्दै दुवैले डेट जाने र रोमान्सको कार्य कम गरेका छन् ।

कार्तिकले आफु दुईलाई प्रेमको कारण भन्दा पनि कामले चर्चामा ल्याओस भन्ने चाहन्छन । पछिल्लो समय कार्तिक र साराको प्रेमको सर्बत्र चर्चा भैरहेको छ । यी दुईका प्रशंसक पनि यो कुराले खुसि छन् । तर, के परिवारले यस प्रेमलाई स्वीकार्ला ?

पछिल्लो एक अन्तर्वार्तामा साराका पिता अभिनेता सैफअलि खानले यस विषयमा मुख खोलेका छन् । ‘एक व्यक्तिको रुपमा सारा एकदमै राम्री छ । उसले के गर्न हुन्छ, के हुँदैन भन्ने सबै छुट्टयाउन सक्छे । र, सारामा राम्रो व्यक्तिवलाई पच्छ्याउने गुण छ । त्यसैले साराले उसलाई (कार्तिक) मन पराउछे भने, एक राम्रो पुरुष नै होला । यसमा मलाई भन्नु केहि छैन ।’ सैफले यो प्रेमको मन्जुरी पास गर्दै भनेका छन् ।

केहि समय अगाडी यी दुईको प्रेमले घरसम्म प्रवेश पाइसकेको खबर पनि बाहिरिएको थियो । सम्भवत: १-२ वर्ष भित्रैमा कार्तिक-साराले घरजम बसाउने छन् ।