anmol jasita

ऋतिक र टाइगर पनि ३ सय करोड क्लबमा

ऋतिक र टाइगर पनि ३ सय करोड क्लबमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ऋतिक रोशन र टाइगर श्रोफ स्टारर सिनेमा ‘वार’ले घरेलु बक्सअफिसमा ३ सय करोडको आँकडा पार गरेको छ । प्रदर्शनको १९ औँ दिनमा ५.५० करोडको व्यापार गर्दै आफ्नो तेहेरो शतक पुरा गरेको हो ।

यो सँगै बलिउडमा ३ सय करोड क्लबमा इन्ट्री गर्ने ‘वार’ आठौँ सिनेमा बनेको छ । भने, ऋतिक र टाइगरको पहिलो सिनेमा हो । ३ सय करोड क्लबमा सलमान खानको ३, आमिर खानको २, रनबिर कपूर र रणवीर सिंहका १/१ सिनेमाले इन्ट्री गरिसकेका छन् । साथै, ‘वार’ २०१९ मा ३ सय करोडमा पुग्ने पहिलो सिनेमा पनि हो।

सिद्दार्थ आनन्द निर्देशित सिनेमामा ऋतिक र टाइगरसँगै वाणी कपूरको पनि मुख्य भूमिका छ । सिनेमाले यो साता भर अरु १०-१५ करोडको व्यापार गर्ने अनुमान छ । शुक्रबार रिलिज हुने ‘हाउसफुल ४’ले ‘वार’को व्यापारमा ठुलो असर पार्नेछ ।