anmol jasita

सलमान स्टारर ‘दबंग ३’को ट्रेलर रिलिज

सलमान स्टारर ‘दबंग ३’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘दबंग ३’ को ट्रेलर रिलिज भएको छ । ३ मिनेट २२ सेकेण्ड लामो ट्रेलर पूर्ण एक्सन प्याक्ड छ । सलमानको चुलबुल पाण्डे रुपले पुन: मनोरंजन दिनेमा दुई मत छैन ।

प्रभु देवाले निर्देशन गरेको सिनेमामा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । साई मज्रेकरले यहि सिनेमाबाट बलिउड डेब्यु गरेकी छन् ।

२० डिसेम्बरमा रिलिज हुने सिनेमामा सलमानकै कथा र पटकथा छ । उनिसँग पटकथामा प्रभु देवा, दिलिप शुक्ला र अलोक उपाध्यायले सहकार्य गरेका छन् ।