‘मिस्टर नेपाली’ ट्रेलर रिलिज, भुवन केसीको दोहोरो चरित्र

‘मिस्टर नेपाली’ ट्रेलर रिलिज, भुवन केसीको दोहोरो चरित्र

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता भुवन केसी दोहोरो भूमिकामा प्रस्तुत सिनेमा ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक गरिएको छ । उनलाई नकारात्मक र सकारात्मक भूमिकामा प्रस्तुत गरिएको छ ।

विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीति माथि टेकेर हुने शोषण आदि कथाबस्तुलाई प्रस्तुत गरेको सिनेमाबाट साहिल श्रेष्ठ र कुसुम राउतले डेब्यु गरेका छन् । साहिलले सिनेमामा मुख्य भूमिका निर्वाह गरेका छन् । उनको भुवनसँगको टकराव हेर्न पाइनेछ ।

देव भुषालले सिनेमाको कथा, पटकथा र निर्देशनमा काम गरेका छन् । सिनेमाले राष्ट्रियता, प्रेम र पारिवारिक कथा उठान गरेको निर्देशक भुषालले बताएका छन् । ‘अवसर र रोजगारीका लागि जुनसुकै देशमा रहेपनि नेपाली नेपाली नै रहन्छ, भन्ने मूल मन्त्र सिनेमाले बोकेको छ ।

२९ कार्तिकमा  रिलिज हुने सिनेमामा बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्माको पनि अभिनय छ । प्रेमराज दाहालले लगानी गरेको सिनेमामा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।