सौगातको ‘माछा माछा’ ट्रेलर सार्वजनिक

सौगातको ‘माछा माछा’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सौगात मल्ल स्टारर सिनेमा ‘माछा माछा’को ट्रेलर रिलिज भएको छ । २९ कार्तिकमा रिलिज हुने सिनेमाको ट्रेलरमा सस्पेन्स र कमेडी देखिन्छ ।


तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगातसँगै विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा छन् ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमामा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको सिनेमामा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले सिनेमा निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको सिनेमामा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।