‘च च हुई’ ट्रेलर, आर्यनको कमेडी र एक्सन

‘च च हुई’ ट्रेलर, आर्यनको कमेडी र एक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आर्यन सिग्देल स्टारर सिनेमा ‘च च हुई’को ट्रेलर रिलिज भएको छ । दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढाव बोकेको सिनेमा रम-कम जनरामा निर्माण भएको छ ।

सार्वजनिक ट्रेलर आर्यनसँगै कलाकार भोलराज सापकोटा, मीरुना मगर र माओत्से गुरुङको वरिपरी घुम्छ । हङकङमा काम गरेर फर्किएका दुई युवकको भूमिका आर्यन र भोलाराजले निर्वाह गरेका छन । भने, मीरुनालाई हिमाली भेगकी युवतीको रुपमा देख्न सकिन्छ ।

जीवनको पिङमा ‘च च हुई’ गरेर मच्चिन खोज्दा आउने अवस्थालाई सिनेमाले छर्लंग पार्ने निर्देशक तथा सम्पादक साम्तेन भुटियाले बताए । लभर व्वायको भूमिकामा सफलता हात पारेका आर्यन यसपटक कमेडीमा देखा परेका छन् ।

सिजन दाहाल र संदेश अर्यालले लेखेको पटकथामा सुशन प्रजापतिले छायाँकन, श्री श्रेष्ठले द्वन्द्व, शिशिर खातीले कोरियोग्राफी र राजनराज सिवाकोटी/रोशन थापाले संगीतको काम गरेका छन् ।

एजीएल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमालाई अमृत घोले लामाले निर्माण गरेका हुन् । सिनेमा ६ मंसीरदेखि अलनेपाल रिलिज हुँदैछ ।