‘गंगुबाई’ पछि भन्सालीको ‘बैजू बावरा’, रणवीर र प्रियंकाको नाम अगाडी !

‘गंगुबाई’ पछि भन्सालीको ‘बैजू बावरा’, रणवीर र प्रियंकाको नाम अगाडी !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडमा पछिल्लो समयका लोकप्रिय निर्देशक हुन्, संजयलीला भन्साली । चार पटक राष्ट्रिय अवार्ड र एघार वटा फिल्म फेयर अवार्ड जितिसकेका भन्सालीको सिनेमामा काम गर्न हर कोही बलिउड कलाकारलाई सपना जस्तै हुन्छ ।

यिनै प्रतिभाशाली निर्देशकले आगामी दुई ठुला प्रोजेक्ट घोषणा गरेका छन् । दिवालीको अवसरमा घोषणा गरिएका यी सिनेमा सन् २०२० र ०२१ मा रिलिज हुनेछन ।

०२० को सेप्टेम्बर ११ ‘गंगुबाई कठियावाडी’  रिलिज हुनेछ । यसमा आलिया भट्टले मुख्य भूमिका निर्वाह गर्ने तय भैसकेको छ । यस्तै ०२१ को दिवालीको अवसरमा ‘बैजू बावरा’ रिलिज हुनेछ ।

भन्सालीको महत्त्वाकांक्षी प्रोजेक्ट ‘बैजू बावरा’मा कुनै कलाकार तय भएका छैनन् । म्युजिकल ड्रामा एक कलाकारको बदलाको कथामा निर्माण हुनेछ । यसअघि यहि नाममा सन् १९५२ मा सिनेमा निर्माण भैसकेको छ ।

‘बैजू बावरा’को लागी अहिलेसम्म रणवीर सिंह र प्रियंका चोपडाको नाम अगाडी आएको छ । यसको बारेमा निर्माण पक्षबाट आधिकारिक घोषणा बाहिरिएको छैन ।