‘घामड शेरे’ दोस्रो ट्रेलर: निश्चलका घामड हर्कत र खोला विरुद्दको मुद्दा

‘घामड शेरे’ दोस्रो ट्रेलर: निश्चलका घामड हर्कत र खोला विरुद्दको मुद्दा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर सिनेमा ‘घामड शेरे’को दोस्रो ट्रेलर रिलिज गरिएको छ । ८ कार्तिकबाट सरेको सिनेमा २२ मा रिलिज हुँदैछ । त्यसैले थप दृश्यसहितको ट्रेलर निर्माण पक्षले सार्वजनिक गरेको हो ।


एक घामड युवकको जीवनमा आइपर्ने उतारचढाव बोकेको सिनेमामा निश्चल केन्द्रिय भूमिकामा छन् । नयाँ ट्रेलरमा केहि फ्रेस दृश्यहरु पनि समावेश गरिएको छ । ‘घामड शेरे’ पर्खेर बसेका दर्शकलाई ट्रेलरले अझ नजिक तान्छ ।

हेमराज बिसीको निर्माण एवं निर्देशनमा बनेको सिनेमामा स्वस्तिमा खड्का, सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक विसीकै कथा, पटकथा रहेको सिनेमालाई कर्णाली प्रदेशको सुर्खेत र सल्यान जिल्लामा खिचिएको छ । प्रमुख पात्रले खोला विरुद्द हालेको मुद्दा सिनेमाको केन्द्रिय द्वन्द्व हो ।

बिसी मोसन पिक्चर्सको व्यानरमा निर्मित सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।