anmol jasita

‘प्रेमगीत ३’को मोसन पोस्टर रिलिज, प्रदीपको योद्धा अवतार

‘प्रेमगीत ३’को मोसन पोस्टर रिलिज, प्रदीपको योद्धा अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – वर्षकै प्रतिक्षित मघ्य एक सिनेमा ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक गरिएको छ । टिजर पोस्टरमा अभिनेता प्रदीप खड्का फिचर्ड छन् ।


टिजरमा प्रदीपको योद्धा अवतार प्रस्तुत गरिएको छ । युद्दको ब्याकग्राउण्ड म्युजिक अन्तिममा गएर प्रेमिल बन्छ । निर्माण पक्षले यसलाई २०० वर्ष पुरानो प्रेमकथा भनेको छ । छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा बन्ने सिनेमा २२ कार्तिकदेखि छायाँकनमा जाँदैछ।

निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको सिनेमामा प्रदीपको अपोजिट क्रिष्टिना गुरुङले डेब्यु गर्दैछिन् । साथै, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेतलगायतका कलाकारको अभिनय रहनेछ ।

आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति चैत २८ गते रिलिज हुनेछ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।