anmol jasita

घामड शेरे गीत: निश्चलको जीवनमा स्वस्तिमाको आगमन

घामड शेरे गीत: निश्चलको जीवनमा स्वस्तिमाको आगमन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘घामड शेरे’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सादा सादा…’ बोलको लिरिकल गीतममा निश्चल बस्नेत र स्वस्तिमा खड्का बीचको प्रेम देखाइएको छ ।


निश्चल र स्वस्तिमाले सिनेमामा साली-भेनाको भूमिका निर्वाह गरेका छन् । कालीप्रसाद बाँस्कोटाद्वारा संगीतवद्द गीतले साली-भेनाको सम्वन्धलाई प्रेममा परिणत गर्ने काम गरेको छ ।बुद्दि सागरको शब्दमा संगीतकार स्वयम्ले स्वर दिएका छन् ।

हेमराज बिसी निर्देशित सिनेमालाई दर्शक तथा समिक्षकले उम्दा भनेका छन् । दर्शक प्रतिक्रिया उत्कृष्ट भएकाले सिनेमा लामो रेसको घोडा बन्ने संकेत देखिएको छ ।

सपना पुरा गर्न किनेको जग्गा बाढीले बगाएपछि खोलाविरुद्द नै मुद्दा हाल्ने घामड पात्रको कथा सिनेमाले प्रस्तुत गरेको छ । सिनेमाको कथा, लेखन र निर्माण निर्देशक बिसीको हो ।

सिनेमामा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याललगायतका कलाकारको मुख्य भूमिका छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि कलाकारको रुपमा देख्न सकिन्छ ।

सिनेमामा कालीप्रसाद बाँस्कोटाको संगीत, नरेन्द्र मैनालीको डिओपी र सुरेन्द्र पौडेलको सम्पादन छ । नरेन्द्रविक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको सिनेमामा निर्देशक बिसी र सिमोश सुनुवारको लगानी छ ।