anmol jasita

‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक

‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आउँदो मंसीर २७ गते रिलिज हुने सिनेमा ‘१२ सत्ताइस’को ट्रेलर रिलिज गरिएको छ । राजधानी आयोजित एक प्रेसमिटमा सार्वजनिक गरिएको सिनेमाको ट्रेलर पूर्णत कमेडी छ ।


युवा कलाकारको वर्चश्व रहेको सिनेमाको ट्रेलरले कमेडीलाई प्राथमिकता दिएको छ ।

सजिलै पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ भन्ने मूल मन्त्र बोकेको सिनेमामा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, एभोनराज उप्रेती, भिष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायतका कलाकारको अभिनय छ ।

जोन योञ्जन निर्देशित सिनेमामा दीपक आरजेको संगीत, अनिश श्यांग्देनको छायाँकन र कृष्ण भण्डारीको सम्पादन छ । निर्देशक स्वयम्ले सिनेमाको कथा लेखेका हुन् ।

रेणु राना, दीपक खतिवडा र रुपक थापाको प्रमुख लगानीमा निर्मित सिनेमामा गौतम शाहको सह-लगानी छ ।