निक र प्रियंकाले किने २ सय ३० करोड मुल्यको घर

निक र प्रियंकाले किने २ सय ३० करोड मुल्यको घर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसले अमेरिकामा महँगो घर खरिद गरेका छन् ।

अमेरिकाको लस एन्जल्समा यो दम्पतिले २० मिलियन अमेरिकी डलरमा आलिशान महल खरिद गरेको हो । अहिलेको रेट अनुसार यो महललाई २ सय ३० करोड रुपैयाँ पर्न आउँछ । यो २० हजार वर्ग फुटमा फैलिएको छ ।

प्रियंकाले अन्तर्वार्तामा बारम्बार आफ्नै पैसाले घर किन्ने सपना रहेको बताउदै आएकी थिइन् । अहिले आएर उक्त सपना पुरा भएको छ ।

रिपोर्टका अनुसार यस अत्याधुनिक घरमा सात बेडरूम, ११ बाथरुम, अग्लो छत र ठुलो कम्पाउण्ड छ । यो घरमा दम्पति मात्र रहनेछ ।

निक र प्रियंकाले २०१८ को डिसेम्बरमा विवाह गरेका थिए । निकको कुल कमाई २५ मिलियन डलर (२ सय ८७ करोड नेपाली) र प्रियंकाको २८ मिलियन डलर (३ सय २२ करोड नेपाली) रहेको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।