आलिया र प्रियंका होइन, ‘गंगूबाई’को लागि को थिइन् पहिलो रोजाइ ?

आलिया र प्रियंका होइन, ‘गंगूबाई’को लागि को थिइन् पहिलो रोजाइ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्देशक संजयलीला भन्सालीको आगामी सिनेमा ‘गंगूबाई कठियावाडी’ स्टारकास्टको कारण चर्चामा छ । यस सिनेमाको पहिला प्रियंका चोपडाको नाम अगाडी आएको थियो ।


तर, आलिया भट्ट मुख्य भूमिकामा फाइनल भइन । यी अभिनेत्री भन्दा अगाडी सिनेमाको लागि संजयले अरु कसैलाई लिने सोच बनाएका थिए ।

‘सिनेमाको अफर सुरुवातमा रानी मुखर्जीलाई पुगेको थियो । निर्देशक पहिलो रोजाइ नै रानी थिइन् । तर, उनिसँग कुरा नमिलेपछि सिनेमाको अफर प्रियंका चोपडालाई पुगेको थियो । व्यस्तताले उनि सिनेमामा संलग्न हुन पाइनन् ।’ टाइम्स अफ इण्डियाले लेखेको छ ।

रानीले भन्सालीको ‘ब्ल्याक’ र ‘सावरिया’ जस्ता सिनेमामा अभिनय गरिसकेकी छन् । भने, प्रियंकाले ‘बाजिराव मस्तानी’ र ‘रामलीला’मा सहकार्य गरेकी थिइन् । ‘रामलीला’मा प्रियंकाले एक आइटम नम्बर पस्केकी थिइन् ।

के हो गंगूबाईको कथा ?

यो सिनेमा हुसेन जैदीको नोबेल ‘माफिया क्विन्स अफ मुम्बई’मा आधारित हुनेछ । यो एक यस्तो युवतीको कथा हो, जो कम उमेरमै देह व्यापारमा लाग्छिन् । पछि गएर उनि मुम्बई इतिहास कै सर्वाधिक बलियो महिला बन्न पुग्छिन ।

सिनेमा २०२० को सेप्टेम्बर ११  रिलिज हुनेछ ।