‘माछा माछा’ गीत: म्याडम सृष्टिसँग सौगातको ठुम्का

‘माछा माछा’ गीत: म्याडम सृष्टिसँग सौगातको ठुम्का

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘माछा माछा’मा समावेश ‘म्याडम म्याडम’ बोलको आइटम गीत रिलिज भएको छ । अनुपम शर्माको संगीत र स्वरमा तयार गीतमा अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छिन् ।


प्रविण सिंहको कोरियोग्राफीमा सृष्टिसँगै अभिनेता सौगात मल्लले ठुम्का लगाएका छन् । गीतमा विजय बराल र अनोज पाण्डे पनि फिचर्ड छन् ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको सिनेमामा सौगात, विजय र अनोजको मुख्य भूमिका छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथा सिनेमाले प्रस्तुत गरेको छ ।

गीत सार्वजनिकसँगै सिनेमाको रिलिज डेट पनि फेरिएको छ । मंसीर २९ मा रिलिज हुने भनिएको सिनेमा अब २० मै रिलिज हुनेछ ।

सिनेमामा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको पनि अभिनय छ ।

रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको सिनेमामा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले सिनेमा निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको सिनेमामा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ ।