‘जर्सी’मा साहिदको अपोजिट मृणाल तय

‘जर्सी’मा साहिदको अपोजिट मृणाल तय

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – यस वर्षको ब्लकबस्टर सिनेमा ‘कबिर सिंह’ पछि अभिनेता साहिद कपूरको चर्चा आकासिएको छ । यो सिनेमामा साहिदले छोडेको छापले आगामी प्रोजेक्ट पनि प्रतिक्षित बनेको छ ।

साहिद अब तेलुगू सिनेमा ‘जर्सी’को रिमेकमा देखिदैछन् । गौतम तिन्नानुरीले निर्देशन गर्ने यो सिनेमामा साहिद भित्रिएसँगै चर्चा बढ्दो छ ।

पछिल्लो खबर अनुसार सिनेमाको लागि अभिनेत्री पनि तय भएकी छन् । यसअघि ‘सुपर ३०’ र ‘बाटला हाउस’ जस्ता सिनेमामा उत्कृष्ट अभिनय पस्केकी मृणाल ठाकुर ‘जर्सी’मा फाइनल भएकी हुन् ।

‘लभ सोनिया’बाट बलिउड डेब्यु गरेकी मृणालले साहिदसँग जोडी बाँध्नेछिन् । सिनेमाको लागि मृणालले तयारी पनि पुरा गरेकी छन् । ‘जर्सी’को ओर्जिनल भर्सन हेरेपछि कथाले अझ बढी ध्यान केन्द्रित गरेको उनले बताएकी छन् ।

यसै वर्षको अप्रिलमा रिलिज भएको तेलुगू सिनेमा ‘जर्सी’ व्यावसायिक र समिक्षात्मक रुपमा सफल मानिएको थियो । सिनेमामा तेलुगू स्टार नानीको मुख्य भूमिका थियो ।