‘लभ यू हमेशा’ गीत, यशराज र ऋचाको आत्मियता

‘लभ यू हमेशा’ गीत, यशराज र ऋचाको आत्मियता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘लभ यू हमेशा’को रोमान्टिक नम्बर सार्वजनिक भएको छ । भासुको शब्द, संगीतमा तयार गीतमा सिनेमाको मुख्य कलाकार यशराज गरच र ऋचा थापा फिचर्ड छन् ।


ऋचाले यहि सिनेमाबाट डेब्यु गरेकी छन् । रोमान्टिक नम्बरमा यसराज र ऋचाको केमेस्ट्री सुहाएको छ । मेलिना राई र सुदिर राईले स्वर दिएको गीतमा शिव ढकालको कोरियोग्राफी छ ।

मंसीर १३ गते रिलिज हुने ‘लभ यू हमेशा’लाई भास्कर प्रधानले निर्देशन गरेका हुन् । रोमान्टिक-लभस्टोरी जनरामा फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा, प्रमिला राई, सल्देन तामाङले पनि अभिनय गरेका छन् ।

भास्कर प्रधानकै कथा-पटकथा रहेको सिनेमाको निर्माता यवन गुरुङ हुन् । यस्तै सह-निर्मातामा मिलन गुरुङ छन् ।