रिलिज अगावै ‘दबंग ३’को रेकर्ड

रिलिज अगावै ‘दबंग ३’को रेकर्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सुपरस्टार सलमान खान अभिनित सिनेमा ‘दबंग ३’ डिसेम्बर २० मा रिलिज हुँदैछ । अघिल्ला शृंखलाको उच्च सफलताले यतिबेला ‘दबंग ३’को चर्चा उच्च विन्दुमा पुगेको छ ।


रिलिजको लागि झन्डै एक महिना बाँकी रहँदा, यसले बक्सअफिसमा ल्याउने तुफानको बारे चर्चा सुरु भैसकेको छ ।

पछिल्लो रिपोर्टको अनुसार सिनेमाले अहिलेसम्मकै ठुलो रिलिजको मौका पाउने तय भएको छ । घरेलु बक्सअफिसमा सिनेमाले ५४ सय स्क्रिन पाउने खबरले अहिले बलिउड तातेको छ । यदि ‘दबंग ३’ घरेलु बक्सअफिसमा ५४ सय स्क्रिनमा रिलिज भयो भने यसले ‘ठग्स अफ हिन्दोस्तान’को रेकर्ड ब्रेक गर्नेछ ।

बलिउडकै सर्वाधिक स्क्रिनमा रिलिज भएको ‘ठग्स अफ हिन्दोस्तान’ले ५ हजार स्क्रिन पाएको थियो । त्यसै कारण सिनेमाले ५० करोडको माथिको ठुलो ओपनिङ गर्यो । अब यो मौका ‘दबंग ३’लाई जुरेको छ ।

‘दबंग ३’लाई विदेशमा १६ सय स्क्रिनमा रिलिज गरिनेछ । विदेशसहित घरमा सिनेमा ७ हजार स्क्रिनमा रिलिज हुनेछ ।

भारतीय सिनेमाको कुरा गर्दा अहिलेसम्मकै सर्वाधिक स्क्रिन ‘बाहुबली २’ले पाएको थियो । यो तेलुगु सिनेमा ६५ सय स्क्रिनमा रिलिज भएको थियो ।

प्रभु देवाले निर्देशन गरेको ‘दबंग ३’मा सोनाक्षी सिन्हा, सुदीप किच्चा, सई मंजेकर, अरबाज खानलगायतका कलाकारको मुख्य भूमिका छ । सईले यहि सिनेमा मार्फत बलिउड डेब्यु गर्दैछिन् ।