‘सरौतो’ नयाँ गीतमा सुमी र सन्नीको रोमान्टिक केमेस्ट्री

‘सरौतो’ नयाँ गीतमा सुमी र सन्नीको रोमान्टिक केमेस्ट्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हरी हुमागाईं निर्देशित सिनेमा ‘सरौतो’को नयाँ गीत सार्वजनिक भएको छ । ‘यो जुनी’ बोलको रोमान्टिक नम्बरमा कलाकार सुमी मोक्तान र सन्नी सिंह बीचको आत्मियता महशुस गर्न सकिन्छ ।

कमल खत्रीको शब्द, संगीत र स्वर समावेश गीतमा श्रेया सोताङले गायकीमा साथ दिएकी छन् । गीतमा निर्देशक हुमागाईंको कोरियोग्राफी छ ।

बदलाको कथा बोल्ने सिनेमामा सुमी र सन्नीसँगै विजय लामा, युवराज लामा, आमिर गौतम, लियो ट्यांक, सम्पदा दाहाल, धिरेन शाक्य, अरुणा कार्कीलगायतका कलाकारको पनि अभिनय छ ।

सिनेमामा राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद छ । शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको सिनेमाको निर्मात्री लक्ष्मीकुमारी तामाङ हुन् । श्री महर्जनले सिनेमा निर्माणमा सहकार्य गरेका छन् ।