‘बाला’ पनि सय करोड क्लबमा, आयुषमानका पछिल्ला ७ सिनेमा हिट

‘बाला’ पनि सय करोड क्लबमा, आयुषमानका पछिल्ला ७ सिनेमा हिट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – आयुषमान खुराना स्टारर सिनेमा ‘बाला’ले बक्सअफिसमा सय करोड माथिको व्यापार गरेको छ । प्रदर्शनको १५ औँ दिनमै सिनेमाले सय करोड क्लबको रेस तय गर्यो ।

सय करोड क्लबमा इन्ट्री गर्ने यो आयुषमान अभिनित तेस्रो सिनेमा हो । यसअघि दुई महिना अगाडी रिलिज भएको ‘ड्रिम गर्ल’ले १ सय ४० करोडको व्यापार गरेको थियो । भने, गत वर्षको ‘बधाई हो’ सय करोड क्लबमा पुग्ने आयुषमानको पहिलो सिनेमा थियो ।

सन् २०१७ को ‘बरेली की बर्फी’सँगै आयुषमानका पछिल्ला ७ सिनेमा बक्सअफिसमा सुपरहिट सावित भएका छन् । ३५ करोडको बजेटमा निर्मित ‘बाला’ले अहिलेसम्म लगानी उठाएर निर्माताको गोजीमा ६५ करोड नाफा भरिदिएको छ ।

युवावस्तामै कपाल झर्दा हुने समस्या र पिडालाई समेटेको ‘बाला’मा आयुषमानसँगै यमी गौतम, भुमि पेंडेकर, सौरभ शुक्ला, अभिषेक बनेर्जीलगायतका कलाकारको अभिनय छ । फिल्मको निर्देशन अमर कौसिकले गरेका हुन् ।