गोविन्दालाई मन परेन ‘अखियौं से गोली मारे’ रिमेक

गोविन्दालाई मन परेन ‘अखियौं से गोली मारे’ रिमेक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – अभिनेता गोविन्दा अभिनित सिनेमा ‘दुल्हे राजा’मा समावेश गीत ‘अखियौं से गोली मारे’ बोलको गीत रिमेक भर्सनमा रिलिज भैसकेको छ ।


६ डिसेम्बरमा रिलिज हुने सिनेमा ‘पति पत्नी और वो’मा यस गीतको रिमेक समावेश गरिएको हो । गीतमा कलाकार कार्तिक आर्यन, भुमि पेंडेकर र अनन्या पाण्डे फिचर्ड छन् ।

‘अखियौं से गोली मारे’ गीतको कुरा गर्दा गोविन्दा र अभिनेत्री रविना टन्डनको नाम अगाडी आउँछ । सन् १९९८ रिलिज भएको गीत अहिले पनि उत्तिकै चर्चित छ । युट्युबमा १२ करोड भ्युज बटुलिसकेको गीतले रिमेक भर्सनमा भने राम्रो प्रतिक्रिया पाउन सकेन ।

दर्शकले रिमेक भर्सन भन्दा ओर्जिनल उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेका छन् । दर्शक प्रतिक्रिया आएपनि यसको ओर्जिनल भर्सनमा फिचर्ड गोविन्दा र रविनाले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका थिएनन् ।

अन्तत: रिमेकलाई लिएर गोविन्दाले मुख खोलेका छन् । दर्शकलाई झैँ गोविन्दालाई पनि रिमेक मन परेको छैन ।

डेक्कन हेराल्डको रिपोर्ट अनुसार गोविन्दाले कार्तिक, भुमि र अनन्याको नृत्यमा प्रश्न उठाएका छन् । अडियो ठिक लागेपनि कलाकारले गीतको बिट अनुसार नृत्य गर्न नसकेको गोविन्दाले बताएका छन् ।

रिमेक

ओर्जिनल