जसको फ्यान थिए, उसैसँग गरे विवाह र २१ वर्ष पछि डिभोर्स

जसको फ्यान थिए, उसैसँग गरे विवाह र २१ वर्ष पछि डिभोर्स

द सिनेमा टाइम्स
0
Shares

अर्जुन रामपाल मोडल हुँदै बलिउडमा इन्ट्री गरेका अभिनेता हुन् । सुरुवातीको कालखण्डमा उनलाई बलिउडमा काम पाउन निक्कै संघर्ष गर्नुपर्यो । विस्तारै उनलाई मेकरले पत्याउन थाले ।

राम्रै सिनेमा पाएपनि उनि लिड रोलमा सफल भएनन् । बरु सहायक भूमिकामा दर्शकले माया दिए । सहायक नै सहि उनले आफुलाई प्रमाणित पनि गरे । अहिले अर्जुन स्टार बनिसकेका छन् ।

सन् १९७२ नोभेम्बर २६ मा जन्मिएका अर्जुन पछिल्लो समय व्यक्तिगत जीवनलाई लिएर चर्चामा आउछन् । उनको काम भन्दा बढी युवतीसँगको प्रेम सम्वन्ध चर्चामा हुन्छ ।

यसै वर्ष उनले २१ वर्षे लामो वैवाहिक जीवनमा पूर्णविराम लगानु पर्यो । अर्जुनले सन् १९९८ मा ‘मिस इन्डिया युनिभर्स -१९८६’ तथा सुपरमोडल मेहर जेसियासँग विवाह गरेका थिए ।

४ वर्ष जेठी मेहर, अर्जुनको सपनाकी रानी थिइन् । संघर्षरत जीवनमा अर्जुनको कोठाको भित्तामा मेहरका फोटो टाँसीएका हुन्थ्ये । उनी भन्थ्ये ‘पत्नी त यस्तो पो हुनुपर्छ ।’ उनको सपनाकी रानी साचिकै उनको जीवनमा आइन । उनको सपना, विपनामा परिणत भयो । तर, अगाडीको बाटो कता मोडिएको छ भन्ने कसलाई के थाहा ?

सन् २०११ देखि यो जोडी बीचको खटपटका खबर संचारमाध्यममा छाउन थाले । २०१८ मा दुवैले सार्वजनिक रुपमै छुट्टिने घोषणा गरे । आपसी सहमतिमा अप्रिल ३०, २०१९ मा डिभोर्सको मुद्दा दर्ता भयो । यसको ६ महिना पछि दुवैको पक्षमा फैसला भयो र २१ वर्षदेखिको विवाहिक जीवनमा पूर्णविराम लाग्यो ।

प्रेमिकाको कारणमा चर्चामा

प्रेमिकासंग अर्जुन

आधिकारिक रुपमा अर्जुन र मेहरको डिभोर्स भएको महिना दिन पनि बितेको छैन । तर, अर्जुन नयाँ प्रेमिकाको कारण चर्चामा छन् । अहिले प्रेमिका गैब्रएलासँग अर्जुनको दैनिकी चलिरहेको छ ।

हुनत यी दुईको पहिलो भेट ‘आइपिएल – २००९’को एक पार्टीमा भएको थियो । त्यसको केहि वर्षमै अर्जुन र गैब्रएला प्रेममा परे । प्रेमिकाकै कारण अर्जुनको वैवाहिक जीवनमा खटपट सुरु भएको थियो । र, नतिजाले अर्कै रुप लियो ।

गत जुलाईमा प्रेमिका गैब्रएलाले एक छोरालाई जन्म दिएकी छन् । अर्जुन अहिले छोराको हेरचाहमा समय दिइरहेका छन् । छोराको नाम एरिक राखिएको छ । मेहर र अर्जुनबाट दुई छोरीको जन्म भएको छ ।