‘साङ्लो’ गीत: विराजसँग जम्यो ‘मिस नेपाल’ निकिताको जोडी ?

‘साङ्लो’ गीत: विराजसँग जम्यो ‘मिस नेपाल’ निकिताको जोडी ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – एक्सन किङ विराज भट्ट स्टारर सिनेमा ‘साङ्लो’को पहिलो गीत सार्वजनिक गरिएको छ । लोकलयको कम्मर मर्काउने गीतमा विराजसँगै नव-अभिनेत्री निकिता चाण्डक फिचर्ड छन् । निकिता ‘मिस नेपाल २०१७’ हुन् ।


राजनराज सिवाकोटीको शब्द, संगीतमा तयार गीतको भिडियो राम्रो बनाइएको छ । गीतमा राजनराज र मिलन नेवारको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी भरेको गीतको सेट आकर्षक छ ।

विराजको आफ्नै लगानी र निर्देशन रहेको सिनेमा माघ २४ गते रिलिज हुँदैछ । एक्सन, लभस्टोरी सिनेमामा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ ।