anmol jasita

विपिनको ‘सेल्फी किङ’ टिजर, स्टारडम सकिए पछिको सेलेब्रेटी पिडा !

विपिनको ‘सेल्फी किङ’ टिजर, स्टारडम सकिए पछिको सेलेब्रेटी पिडा !

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को टिजर सार्वजनिक भएको छ । १ मिनेट २ सेकण्ड लामो टिजरमा विपिन मात्र प्रस्तुत छन् ।


सिनेमामा विपिनले एक चर्चित हाँस्यकलाकारको भूमिका निर्वाह गरेका छन् । सिनेमाको टिजरले उडान पछिको दुर्घटनालाई प्रस्तुत गरेको छ ।

टिजरमा विपिन उर्फ सेल्फी किङ भन्छन ‘यो मुला स्टारडम, सेलेब्रेटी, पपुलारिटी भन्ने कुरा छ नि – मुतको न्यानो जस्तो मात्रै हो । एकछिन तातो हुन्छ मज्जा आउछ, एकछिन पछि जब चिसो हुन्छ नि – अनि गन्हाउन थाल्छ, घिन लाग्न थाल्छ ।’ यो संवादले सिनेमाको मूल मन्त्र प्रष्ट्याउछ ।

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको सिनेमाले एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा भन्छ ।

फस्टलुक पोस्टर सार्वजनिक गरेसँगै चर्चामा आएको सिनेमालाई निर्देशक दिनेश राउत र निर्माता सुवास थापाले निर्माण गरेका हुन् । सिनेमा माघ २४ मा रिलिज हुँदैछ ।

राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको सिनेमामा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।