anmol jasita

‘दि कर्मा’ टिजर: नीताको एक्सन र परमिताको बोल्ड अवतार

‘दि कर्मा’ टिजर: नीताको एक्सन र परमिताको बोल्ड अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – माघ १७ गते रिलिज हुने सिनेमा ‘दि कर्मा’को टिजर सार्वजनिक गरिएको छ । ५५ सेकेण्ड लामो टिजरमा नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दि तामाङ र भारतीय कलाकार करण वर्मा प्रस्तुत छन् ।

क्राइम ड्रामामा नीतालाई एक्सनमा समेटिएको छ । भने, परमिताको बोल्ड रुप प्रस्तुत गरिएको छ । बुद्दि खलपात्रमा हुन् सक्ने अनुमान गर्न सकिन्छ । करणले आफुलाई सुगठित शरीरमा देखाएका छन् ।

नेपाल-भारतको सिमा क्षेत्रमा हुने बिभिन्न घटना बुनेको सिनेमाको निर्देशन देव कुमार श्रेष्ठले गरेका हुन् । सिनेमाको पटकथा र संवाद सुशील पोखरेलले लेखेका छन् ।

सिनेमामा  देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायत पनि मुख्य भूमिकामा छन् ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सिनेमाका निर्माता जयराज राय, श्रीदेव बि.एल. र निशा खतिवडा हुन् । भने, शारदा खड्का अर्यालको सह-निर्माण छ ।

रामेश्वर कार्कीले खिचेको सिनेमा नेपालसँगै विदेशमा पनि रिलिज गरिने निर्माण पक्षले बताएको छ ।