शाहिदको ‘जर्सी’मा पिता पंकज गुरु

शाहिदको ‘जर्सी’मा पिता पंकज गुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता शाहिद कपूरको मुख्य भूमिका रहने सिनेमा ‘जर्सी’मा अभिनेता पंकज कपूरको इन्ट्री भएको छ । सिनेमामा शाहिदले क्रिकेटरको भूमिका निर्वाह गर्दैछन् ।

पंकजले सिनेमामा शाहिदको गुरुको भूमिका निर्वाह गर्नेछन् । छोरा शाहिदसँग पुन: एक पटक स्क्रिन शेयर गर्न पाउदा पंकजले खुसि व्यक्त गरेका छन् । ‘सिनेमाको कथा बलियो र इमोसनल छ । छोराको अभिनयको म आफै प्रशंसक हुँ । सिनेमामा जोडिदा उत्साहित छु ।’ पंकजले भनेका छन् ।

शहिद र पंकजले यसअघि ‘मौसम’ र ‘शानदार’मा स्क्रिन शेयर गरिसकेका छन् । तर, दुवै सिनेमा बक्सअफिसमा असफल भएका थिए ।

आगामी साता भारतको चन्ढीगढबाट छायाँकन सुरु हुने सिनेमामा शाहिदको अपोजिट मृणाल ठाकुर देखिदै छिन् । मृणालले पछिल्लो सिनेमा ‘सुपर ३०’बाट तारिफ बटुलेकी थिइन् ।

गौतम तिन्नानुरीले निर्देशन गर्ने सिनेमा तेलुगु ‘जर्सी’को रिमेक हो । गौतमले नै निर्देशन गरेको ‘जर्सी’को तेलुगु भर्सन व्यावसायिक र समिक्षात्मक रुपमा सफल ठहरिएको थियो ।