‘म यस्तो गीत गाउँछु २’ गीत: मायामा हराउँदै पल र पूजा (भिडियो)

‘म यस्तो गीत गाउँछु २’ गीत: मायामा हराउँदै पल र पूजा (भिडियो)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापा निर्देशित सिनेमा ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो घरको वरिपरि’ बोलको गीत युटयुबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा शब्द रहेको छ । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीले स्वर दिएका छन् । जिब्रोमा झुण्डिने यो भाकाले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । गीतले प्रेमको भाव बोल्छ ।

भिडियोमा पल शाह र पूजा शर्मालाई देख्न सकिन्छ । यी दुवैको केमेष्ट्री दर्शकले यसअघि ‘म यस्तो गीत गाउँछु’ मा रुचाइसकेका छन् ।

सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको यो सिनेमा फागुन २३ गतेदेखि प्रदर्शन हुँदैछ । सिनेमामा पल र पूजाको मुख्य भूमिका छ भने हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाया लगायतको समेत अभिनय देख्न सकिनेछ ।

सिनेमालाई नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, इलाम, पाँचथर लगायतका रमणीय ठाउँमा खिचिएको थियो । यस्तै सिनेमालाई दिनेश न्यौपाने र शिवम अधिकारीले लेखेका हुन् ।सौरभ लामाले खिचेको गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । यो सिनेमाले रिलिजअघि राम्रो चर्चा कमाएको छ ।