सेल्फी किङ्’: गीत सार्वजनिक

सेल्फी किङ्’: गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –  सिनेमा ‘सेल्फी किङ्’ पोष्टर र टिजरपछी गीत सार्वजनिक भएको छ । सार्वजनिक लोक शैलीको नायिका केकी अधिकारी र भीमफेदी गाईजको नृत्यसँगै अभिनेता बिपिन कार्कीको केही झलक देख्न सकिन्छ ।  ’जाली रुमाल’बोलको गीतमा बि पाण्डेको शब्द, सुभाष भुषालको संगीत रहेको छ भने यसमा अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको छ ।

गीतलाई भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफी गरेका हुन् ।  सिनेमालाई बिशाल सापकोटाले निर्देशन गरेकाहुन् । विपिनसंगै सिनेमामा  लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविनबाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायत काकलाकारको अभिनय छ भने केकी एक गीतमा मात्रै प्रस्तुत भएकी हुन् ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा यसलाई निर्माण गरेका हुन् । सिनेमामा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत छ ।