नेपाली मल्टीप्लेक्समा ‘दबंग ३’को रेकर्ड, ९१ प्रतिशत शोज कब्जा

नेपाली मल्टीप्लेक्समा ‘दबंग ३’को रेकर्ड, ९१ प्रतिशत शोज कब्जा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता सलमान खानको बहुप्रतिक्षित सिनेमा ‘दबंग ३’ शुक्रबारदेखि नेपाली बक्सअफिसमा रिलिज हुँदैछ । निक्कै आशा गरिएको सिनेमाले नेपाली बक्सअफिसमा  धमाल मचाउने अनुमान गरिएको छ ।


सिनेमाको हाइपलाई मध्येनजर गर्दै देशका ठुला मल्टीप्लेक्सले अग्रिम बुकिङ खुल्ला गरिसकेका छन् । मल्टीप्लेक्समा पाएको स्थानलाई हेर्दा सिनेमाले बम्पर ओपनिङ गर्न सक्छ ।

यो साता नेपाली र हलिउडका कुनै पनि सिनेमा रिलिज नहुँदा ‘दबंग ३’लाई फाइदा पुगेको । मल्टीप्लेक्समा यसले ९१.३९ प्रतिशत स्थान ओगटेको छ । बाँकीमा प्रदर्शनरत सिनेमा छन् ।

यो वर्षको लागि कुनै पनि सिनेमाले मल्टीप्लेक्समा पाएको शोजमा ‘दबंग ३’को सर्वाधिक हो । यसअघि हलिउडको ‘एभेन्जर्स: इन्ड गेम’ले ८८.८८ प्रतिशत शोज कब्जा गर्दा सलमानकै ‘भारत’ले ८८.०५ प्रतिशत शोज पाएको थियो । ९१ प्रतिशत स्थान यो वर्षको लागि रेकर्ड नै हो ।

देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले आफ्नो १२ स्टेशनमा सिनेमालाई ८८ शोज दिएको छ । भने, एफक्युब, बिएसआर, क्युज, बिग मुभिज, वान सिनेमाज, आइएनआइ सिनेमाज र सिडिसीले ८२ शोज दिएका छन् ।

प्रभु देवाले निर्देशन गरेको सिनेमामा सलमानसँगै सोनाक्षी सिन्हा, सई मंजेंकर, सुदीप खिचालगायतका कलाकारको अभिनय छ ।