मिथिला र सुरक्षाको ‘आमा’ ट्रेलर रिलिज

मिथिला र सुरक्षाको ‘आमा’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘आमा’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलरले आमाको भावना र जीवनमा गर्ने त्यागलाई प्रष्ट्याउन खोजिएको छ ।

सिनेमाको शिर्ष कलाकार मिथिला शर्मा हुन् । उनको वरिपरि सिनेमाको कथा घुमेको छ । अभिनेत्री सुरक्षा पन्तले मिथिलाको छोरीको भूमिका निर्वाह गरेकी छन् ।

देशभक्त खनाल (सुरक्षाको पिता) बिरामी भएपछी उनलाई बचाउन गर्ने संघर्षको कथा सिनेमामा प्रस्तुत छ । आमाले आफ्नो जीवनमा परिवारको लागि कस्तोसम्म त्याग गर्न सक्छन भन्ने कुरा ट्रेलरले बोल्छ ।

सिनेमाको कथा निर्देशक खनालले नै लेखेका हुन् । उनि सिनेमाको छायांकार पनि हुन् । सिनेमामा सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय छ ।

डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा सुभाष भुसालको संगीत, दिर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ । सिनेमा फागुन ९ देखि अलनेपाल रिलिज हुँदैछ ।