सेन्टी भाइरस गीत: ‘फनफनी’मा अञ्जलीदेखि दयाहाङसम्मको नृत्य

सेन्टी भाइरस गीत: ‘फनफनी’मा अञ्जलीदेखि दयाहाङसम्मको नृत्य

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ:- धुर्मुस-सुन्तलीको प्रस्तुति सिनेमा ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘फनफनी’ बोलको गीतमा मोडल अञ्जली अधिकारीले नृत्य पस्केकी छन् ।

शंकर बिसीले कोरियोग्राफी भरेको गीतमा अञ्जलीसँगै दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङलगायतका कलाकारले पनि कम्मर मर्काएका छन् ।

शंकर थापा स्माइलको संगीतमा बनेको गीतमा कालीप्रसाद बाँस्कोटा र मेलिना राईको स्वर छ । भने, गीतको शब्द रचना डिपी खनालले गरेका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्रीलगायतका कलाकारको अभिनय छ ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाका लगानीकर्ता डिन्डू लामा ह्याल्मो हुन् । उनलाई लगानीमा फुर्पा ह्याल्मोले सघाएका छन् ।

फागुन ९ गते रिलिज हुने सिनेमामा राजनराज सिवाकोटी/शंकर थापा/कालीप्रसाद बाँस्कोटा/सुशान्त गौतमको सयुंक्त संगीत, शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाको कथा कुमार कट्टेल र दीपक आचार्यको हो ।