‘दि कर्मा’को गीत सार्वजनिक

‘दि कर्मा’को गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सिनेमा ‘दि कर्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘बजार लाग्या छ’ बोलको गीतमा अभिनेत्री नीता ढुंगानाले नृत्य पस्केकी छन् । उनलाई करण वर्माले साथ दिएका छन् ।

रामजी लामिछानेको कोरियोग्राफी भरेको गीतमा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा र बुद्दि तामाङ पनि प्रस्तुत छन् । कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको गीतमा मनिषा पोखरेलले स्वर दिएकी छन् ।

देव कुमार श्रेष्ठले निर्देशन गरेको सिनेमामा करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारको अभिनय छ । माघ १७ गते रिलिज हुने सिनेमाले नेपाल र भारतको सिमानामा हुने घटनालाई कथाबस्तु बनाएको छ । सिनेमाको कथा जयराज रायले लेखेका हुन् ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित सिनेमामा लेखक रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडाको निर्माण छ ।