११ वर्षपछि सैफ र रानीको जोडी पर्दामा

११ वर्षपछि सैफ र रानीको जोडी पर्दामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सन् २००५ को हिट सिनेमा ‘बन्टी और बबली’को सिक्वेलमा सैफअलि खान र रानी मुखर्जी फाइनल भएका छन् । निर्माण कम्पनि यशराज व्यानरले यो खबरको पुष्टि गरेको छ ।

रानी सिनेमाको पहिलो भागमा पनि थिइन् । करिब १५ वर्ष पछि उनि आफ्नो बबली भूमिकामा देखा पर्नेछिन् । यो सिरिजमा सैफअलि खानको भने पहिलो पटक इन्ट्री भएको हो । सैफ र रानीले यहि सिनेमाबाट झन्डै ११ वर्ष पछि स्क्रिन शेयर गर्दैछन् । सन् २००८ को ‘थोडा प्यार थोडा म्याजिक’ पश्चात यो जोडीले सँगै अभिनय गरेको थिएन ।

वरुण वी शर्माले निर्देशन गर्ने सिनेमामा ‘गली व्वाय’ फेम्ड एक्टर सिद्दान्त चतुर्वेदी र नव-अभिनेत्री शर्वरीले मुख्य भूमिका निर्वाह गर्नेछन् ।