निर्मला पन्त हत्याकाण्डमा आधारित ‘कोपिला’ ट्रेलर रिलिज

निर्मला पन्त हत्याकाण्डमा आधारित ‘कोपिला’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – भीमदत्त नगरपालिका कन्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्त हत्याकाण्डमा आधारित सिनेमा ‘कोपिला’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ४९ सेकेण्ड लामो ट्रेलरमा हत्या पछि परिवारमा उब्जेको परिस्थिति प्रस्तुत छ ।

‘कोपिला’को भूमिका सञ्जिवनी खरेलले निर्वाह गरेकी छन् । ट्रेलरको अन्त्यमा निर्मलाको आमा दुर्गादेवी पन्त र दिदिले सिनेमा हेरिदिन आग्रह गरेका छन् । सिनेमामा सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, प्रेमवर्षा खनाल, अश्मिता जुरेली, अस्मेन घिमिरेलगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीले निर्देशन गरेको सिनेमालाई मणिराज गौतमले निर्माण गरेका हुन् । सिनेमामा दीपक शर्माको संगीत, बन्दे प्रसादको सम्पादन र रामेश्वर कार्कीको डिओपी छ ।

कलावती फिल्मस् प्रालिको व्यानरमा निर्माण गरिएको सिनेमाको रिलिज मिति भने तय भैसकेको छैन ।