कस्तो रह्यो ‘दबंग ३’को ओपनिङ ?

कस्तो रह्यो ‘दबंग ३’को ओपनिङ ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सुपरस्टार सलमान खानको सिनेमा जब बक्सअफिसमा उत्रिन्छ तब एक किसिमको माहोल बन्ने गर्छ, सलमानले यसपटक कस्तो रेकर्ड राख्छन ?

शुक्रबारदेखि यिनै अभिनेताको बहुप्रतिक्षित सिनेमा ‘दबंग ३’ रिलिज भैसकेको छ । रिलिज अगाडीको हाइपलाई हेर्दा सिनेमाले बक्सअफिसका सबै रेकर्ड भत्काउने अनुमान गरिएको थियो । हेरौँ कस्तो भयो त ‘दबंग ३’को ओपनिङ:-

भारतमा झन्डै ५ हजार बढी स्क्रिनमा रिलिज भएको सिनेमाले पहिलो दिन २४.५० करोडको व्यापार गर्यो । यसमा हिन्दिसँगै ‘तामिल’, ‘तेलुगु’ र ‘कन्नडा’ भर्सनको योगदान छ । ट्रेडले पहिलो दिनको  व्यापार ३० देखि ३५  करोडसम्म पुग्ने अनुमान गरेको थियो । तर, अनुमानले फेल खाएको छ ।

सिनेमाको सोचे जस्तो ओपनिङ नहुनुमा नागरिकता संशोधन कानूनको विरोधमा भारतमा चर्किएको आन्दोलनलाई कारक मानिएको छ । ‘आन्दोलन मत्थर नभएमा ‘दबंग ३को लाइफटाइम कलेक्सनमै धक्का पुग्न सक्नेछ’ भारतीय ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् ।

यसै वर्ष रिलिज भएको सलमानको ‘भारत’ले पहिलो दिन ४२.३० करोडको ओपनिङ गरेको थियो । ‘दबंग ३’को समिक्षात्मक दृष्टि राम्रो छ । त्यसैले विकेन्डमा राम्रो व्यापार गर्ने अनुमान छ । डिसेम्बर २५ मा परेको क्रिसमसको विदामा पनि सिनेमाले राम्रो व्यापार गर्न सक्छ ।

प्रभु देवाले निर्देशन गरेको ‘दबंग ३’मा सलमानसँगै सोनाक्षी सिन्हा, सुदीप किच्चा, सई मंजेकर, अरबाज खानलगायतका कलाकारको मुख्य भूमिका छ । सईले यहि सिनेमा मार्फत बलिउड डेब्यु गरेकी छन् ।