‘दबंग ३’को व्यापारमा उछाल, विकेन्डको कलेक्सन सार्वजनिक

‘दबंग ३’को व्यापारमा उछाल, विकेन्डको कलेक्सन सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘दबंग ३’ले बक्सअफिसमा तहल्का पिटिरहेको छ । विकेन्डसम्मको व्यापार उकालो लागिरहेको छ । तीन दिनको व्यापार ८१.१५ करोड पुगेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् ।


रिलिजको पहिलो दिन २४.५० करोडको व्यापार गरेको सिनेमाको कलेक्सन दोस्रो दिन करिब समान रह्यो । दोस्रो दिनमा सिनेमाले घरेलु बक्सअफिसमा २४.७५ करोड छाप्यो । यस्तै तेस्रो दिनमा सिनेमाको व्यापारमा उछाल आएको छ । सिनेमाको व्यापार ३१.९० करोड छ ।

पहिलो दिनको तुलनामा दोस्रो दिन १.०१ प्रतिशत मात्र उछाल देखिएको बक्सअफिस तेस्रो दिनमा २२.४१ प्रतिशत अगाडी निक्लियो ।

यसलाई बलिउडले राम्रो व्यापार भनेको छ । भारतमा चर्किएको नागरिकता संशोधन विरुद्दको आन्दोलनले सिनेमाको व्यापारमा प्रत्यक्ष असर पुर्याइरहेको छ । तरण आदर्शका अनुसार तीन दिनको कलेक्सनमा आन्दोलनले झन्डै १२ करोड बढी घाटा पुर्याएको छ । यदि आन्दोलन नभैदिएको भए तीन दिनमै सिनेमाले सय करोड क्लबमा इन्ट्री मार्ने थियो ।

झन्डै १ सय १५ करोडको बजेटमा निर्माण भएको सिनेमाले पहिलो सातामा मै लगानी रिकभर गर्ने संकेत देखाएको छ । त्यसपछि व्यापार नाफाको हुनेछ ।

प्रभुदेवाले निर्देशन गरेको सिनेमामा सलमानसँगै सोनाक्षी सिन्हा, सुदीप किच्चा, सई मंजेंकर, अरबाज खानलगायतका कलाकारको पनि अभिनय छ । कप्स ड्रामाले वदलाको कथा बुनेको छ । भारतीय मिडियाले सिनेमालाई राम्रो रेटिङ दिएका छन् ।