लभ डायरिज’को ‘छम छम’ बोलको गीत सार्वजनिक

लभ डायरिज’को ‘छम छम’ बोलको गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ –सुशील श्रेष्ठ स्टारर सिनेमा  ’लभ डायरिज’को ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको गीतमा सिनेमाका  कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा खतिवडा, प्रिन्सी खतिवडा र कमला घिमिरे फिचर्ड छन् ।

टिकटकबाट चर्चामा आएका प्रिष्मा र प्रिन्सीले पहिलो पटक सिनेमाको गीतमा नृत्य प्रस्तुत गरेका हुन् । दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वरको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

सौरभ चौधरीले निर्देशन  गरेको लभस्टोरी सिनेमामा सुशील,संगै  रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् ।

सिनेमामा विनोद सापकोटाको लगानी, दिर्घ खड्का र मिलन श्रेष्ठको सम्पादन र संजय लामालेसिनेमालाई खिचेका  छन् ।एसोसियट निर्देशक साहिल खान रहेको  सिनेमा फागुन २ गतेदेखि प्रर्दशनमा आउदै छ ।