गूगलमा सर्वाधिक खोजियो ‘कबिर सिंह’, टप १० सुचीसहित

गूगलमा सर्वाधिक खोजियो ‘कबिर सिंह’, टप १० सुचीसहित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘गूगल्स इयर इन सर्च -२०१९’ अन्तर्गत गूगल ट्रेन्ड्सले यस वर्ष भारतमा सर्वाधिक खोजिएका टप १० सिनेमाको सुची सार्वजनिक गरेको छ ।

यस वर्ष भारतबाट सर्वाधिक खोजिने सिनेमाको शिर्ष स्थानमा ‘कबिर सिंह’ छ । यो वर्षकै सर्वाधिक व्यापार गर्ने सिनेमाको दोस्रो सुचीमा छ । शाहिद कपूर र कियरा आडवाणी स्टारर सिनेमाले घरेलु बक्सअफिसमा २ सय ७२ करोड छापेको थियो ।

यस्तै सुचीको दोस्रो स्थानमा हलिउड सिनेमा ‘एभेन्जर्स: इन्डगेम छ । भारतमै ३ सय ६५ करोडको व्यापार गरेको सिनेमाले विश्वव्यापी २.७९ बिलियन अमेरिकी डलर कमाएको थियो । यो संसारकै सर्वाधिक व्यापार गर्ने सिनेमासमेत हो ।

सुचीको तेस्रो र चौथो स्थानमा हलिउडकै सिनेमा ‘जोकर’ र ‘क्याप्टेन मार्भल’ छन् । यी दुई सिनेमाले विश्वव्यापी १ बिलियन माथिको व्यापार गरेका थिए ।

पाँचौ स्थानमा ऋतिक रोशन स्टारर सिनेमा ‘सुपर ३०’ छ । यसले १ सय ४६ करोड भारु कमाएको थियो । भने, अक्षय कुमारको करिअरमा २ सय करोड माथिको व्यापार गर्न सफल पहिलो सिनेमा ‘मिसन मंगल’ सुचीको छैटौं स्थानमा छ ।

सातौमा रणवीर सिंह र आलिया भट्ट स्टारर ‘गली व्वाय’ छ । भने, आठौँमा ऋतिक रोशन र टाइगर श्रोफ स्टारर ‘वार’ छ । ३ सय १८ करोड कमाएको ‘वार’ २०१९ मा सर्वाधिक व्यापार गर्ने बलिउड सिनेमा हो । यस्तै ‘गली व्वाय’ले १ सय ४० करोडको व्यापार गरेको थियो ।

२ सय ६ करोड कमाएको ‘हाउसफुल ४’ सुचीको नवौं स्थानमा परेको छ । भने, २ सय ४४ करोड माथिको व्यापार गरेको ‘उरी: द सर्जिकल स्ट्राइक’ दशौँ स्थानमा छ । विक्की कौशल स्टारर ‘उरी’ले बक्सअफिसमा नसोचेको व्यापार गरेको थियो ।

‘उरी’ वर्षकै सर्वाधिक नाफा कमाउने सिनेमा पनि हो । २५ करोडको बजेटमा निर्मित सिनेमाले बक्सअफिसबाटै ८ सय ७६ प्रतिशत नाफा बटुलेको थियो ।

सुची:-

१: कबिर सिंह (बलिउड)

२: एभेन्जर्स – इन्डगेम (हलिउड)

३: जोकर (हलिउड)

४: क्याप्टेन मार्भल (हलिउड)

५: सुपर ३० (बलिउड)

६: मिसन मंगल (बलिउड)

७: गली व्वाय (बलिउड)

८: वार (बलिउड)

९: हाउसफुल ४ (बलिउड)

१०: उरी – द सर्जिकल स्ट्राइक (बलिउड)