‘सेल्फी किङ’ ट्रेलर: हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथा

‘सेल्फी किङ’ ट्रेलर: हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – विपिन कार्की स्टारर सिनेमा ‘सेल्फी किङ’को ट्रेलर रिलिज गरिएको छ । विशाल सापकोटाले निर्देशन गरेको सिनेमाको ट्रेलरमा एक हास्य कलाकारको कलाकारिता यात्रा देखाइएको छ ।

सिनेमाको शिर्ष भूमिकामा विपिन छन् । उनको अपोजिटमा लक्ष्मी वर्देवाले अभिनय गरेकी छन् । दिनेश राउत र सुभाष थापाले निर्माण गरेको सिनेमामा भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको पनि अभिनय छ ।

निर्देशक सापकोटा सिनेमाको बारेमा भन्छन ‘मैले एक आर्टिकलबाट सिनेमाको कथा उठाएको हुँ । यसलाई फिक्सनाइज गरेर ‘सेल्फी किङ’ निर्माण गरेका छौँ । एक हास्य कलाकारको व्यक्तिगत र पेशागत यात्राको कथा हो । उसको जीवनमा आउने उतारचढाव कथामा बुनेका छौँ ।’

माघ २४ गते रिलिज हुने सिनेमाको लेखन पनि निर्देशक सापकोटाले नै गरेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ ।

सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रवल कोइराला र राजेश बिशुराल सह-निर्माताको रुपमा छन् ।