राजस्थानी गीतले उछिन्यो बलिउड, वर्षमा सर्वाधिक खोजिएका १० गीत

राजस्थानी गीतले उछिन्यो बलिउड, वर्षमा सर्वाधिक खोजिएका १० गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – ‘गूगल्स इयर इन सर्च -२०१९’ अन्तर्गत गूगल ट्रेन्ड्सले यस वर्ष भारतमा सर्वाधिक खोजिएका टप १० गीतको सुची पनि सार्वजनिक गरेको छ ।

वर्षभरी गूगलमा सर्च गरिएको आधारमा, यस वर्षको शिर्ष स्थान हर्यान्भी तथा राजस्थानी गीतले ओगटेको छ । ‘ले फोटो ले’ बोलको गीतले यस वर्ष बलिउड र पंजावी गीतलाई पछाडी छोडदियो । निलु रंगिलीले गाएको गीतको भिडियोहरुले युट्युबबाट ५० करोड बढी भ्युज बटुलेका छन् ।

यस्तै सुचीको दोस्रो स्थानमा इन्टरनेटमा भाइरल बनेकी रानू मण्डलको गीत छ । गायक तथा संगीतकार हिमेश रेशम्मियाले रानूलाई ‘तेरी मेरी कहानी’ बोलको गीत गाउने अवसर दिएका थिए । उक्त गीतको आधिकारिक भिडियोलाई साढे २ करोड बढी भ्युज मिलेको छ ।

पंजावी गीत ‘तेरी प्यारी प्यारी दो अखियाँ’ तेस्रो स्थानमा छ । झन्डै ५ वर्ष अगाडी रिलिज भएको गीत २०१९ मा भाइरल भयो । यसको रिमेक भर्सन युट्युबमा आएपछि पुरानो गीतले पनि राम्रो भ्युज बटुल्यो ।

भिन्दा औज्ला र बोबी लयलले गाएको गीतको रिमेक भर्सनले ३२ लाख भ्युज बटुलेको छ । भने, ओर्जिनल भर्सनमा २४ करोड भ्युज छ ।

ध्वनी भानुशाली र निखिल डिसुजाको हिन्दी गीत ‘वास्ते’ सुचीको चौथो नम्बरमा छ । गीतले ६६ करोड बढी भ्युज पाएको छ । सुचीको पाँचौ स्थानमा सिनेमा ‘लुका छिपी’को ‘कोका कोला तु’ गीत परेको छ । टोनी कक्कर र नेहा कक्करले गाएको गीतमा ४० करोड भ्युज आएको छ । यसको ओर्जिनल भर्सनले पनि करोडौँ भ्युज बटुलेको छ ।

छैटौं स्थान भोजपुरी गीत ‘गोरी तोरी चुनरी बा लाल’ले कब्जा गरेको छ । रितेश पाण्डे र अन्तर सिंह प्रियंकाले गाएको यसले ६ करोड बढी भ्युज बटुलेको छ । सन्नी देवलका छोरा करण देवलले डेब्यु गरेको सिनेमा ‘पल पल दिल के पास’को शिर्ष गीतको सुचीको सातौ नम्बरमा अटाएको छ । अर्जित सिंह र परम्परा ठाकुरले गाएको गीतले १० करोड बढी भ्युज पाएको छ ।

सिनेमा ‘सिम्बा’को ‘आँख मारे’ बोलको गीत आठौँ नम्बरमा छ । नेहा कक्कर, मिका सिंह र कुमार सानुले गाएको गीतमा रणवीर सिंह र सारा अलि खान फिचर्ड छन् । गीतले युट्युबमा १ अर्व ४० करोड बढी भ्युज पाएको छ ।

नवौं नम्बरमा पनि हर्यान्भी गीत नै छ । ‘पायलिया बज्नी लड़ो पिया’ बोलको गीतमा ३ करोड बढी भ्युज छ । शिवानी र केशवले यो गीत गाएका हुन् । सुचीको अन्तिममा पंजावी गीत ‘क्या बात ये’ परेको छ । हार्डी सन्धुले गाएको गीतले ४७ करोड बढी भ्युज पाएको छ । यो गीत गत वर्ष पनि सर्वाधिक खोजिनेको चौथों नम्बरमा अटाएको थियो ।

यो पनि पढ्नुहोस्:-

गूगलमा सर्वाधिक खोजियो ‘कबिर सिंह’, टप १० सुचीसहित

सुची:-

१: ले फोटो ले (हर्यान्भी/राजस्थानी)
२: तेरी मेरी कहानी (बलिउड)
३: तेरी प्यारी प्यारी दो अखियाँ (पंजावी)
४: वास्ते (हिन्दी)
५: कोका कोला तु (बलिउड)
६: गोरी तोरी चुनरी बा लाल (भोजपुरी)
७: पल पल दिल के पास (बलिउड)
८: आँख मारे (बलिउड)
९: पायलिया बज्नी लड़ो पिया (हर्यान्भी)
१०: क्या बात ये (पंजावी)