सलमानले सुदीपलाई दिए साढे २ करोड मुल्यको कार उपहार

सलमानले सुदीपलाई दिए साढे २ करोड मुल्यको कार उपहार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउडका सलमान खानलाई परोपकारी अभिनेताको रुपमा पनि चिन्ने गरिन्छ । उनि समाज सेवा र व्यक्ति विशेषलाई सहयोग गर्न एक कदम अगाडी देखिन्छन ।

त्यसैले त ‘दबंग ३’ का को-स्टार सुदीप किच्चालाई उनले महँगो कार उपहार दिएका छन् । ‘दबंग ३’मा सुदीपले भिलेनको भूमिका जबर्जस्त निभाएका थिए । उनको कामको सम्मान गर्दै सलमानले १.५४ (नेरु २.४६) करोड पर्ने बीएमडब्लु एम ५ उपहारमा दिएका हुन् ।

सलमानको उपहारपछि इन्स्टाग्राममा सुदीप लेख्छन ‘तपाइसँग जहिले पनि राम्रो नै हुन्छ, जब तपाई राम्रो काम गर्नुहुन्छ । सलमान खानले मलाई यो लाइनमा भरोसा गर्न सिकाएका छन् । उनी मेरो घरमा प्यारो उपहारसहित आएका थिए ।’ उनले आफु र आफ्नो परिवारलाई दिएको मायाप्रति सलमानलाई धन्यवाद दिएका छन् ।

प्रभुदेवाले निर्देशन गरेको ‘दबंग ३’ले घरेलु बक्सअफिसमा १ सय ५० करोडको व्यापार गरिसकेको छ । यो सिनेमामा सलमान र सुदीपसँगै सोनाक्षी सिन्हा, सई मंजेकर, अरबाज खानलगायातका कलाकारको अभिनय छ ।