‘म यस्तो गीत गाउँछु २’ गीत: ‘दुखको काँडा’ पन्छ्याउने पूजा र पलको वाचा

‘म यस्तो गीत गाउँछु २’ गीत: ‘दुखको काँडा’ पन्छ्याउने पूजा र पलको वाचा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – पूजा शर्मा र पल शाह स्टारर सिनेमा ‘म यस्तो गीत गाउँछु २’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘दुखको काँडा’ बोलको गीतमा पल र पूजा फिचर्ड छन् ।

गीतमा यी दुइ बीचको प्रेम महसुस हुन्छ । कलरफुल भिडियोमा दुवैको केमेस्ट्री सुहाएको छ ।

‘द भ्वाइस अफ नेपाल – सिजन २’का फाइनल प्रतिष्पर्धी सनिश श्रेष्ठले गाएको गीतमा अर्जुन पोखरेलको संगीत छ । भने, देवल भण्डारीले गीतको शब्द रचना गरेका हुन् । अर्जुनकै संगीतमा तयार गीत ‘तिम्रो घरको वरिपरी’ चार्टबस्टरमा हिट भैसकेको छ ।

सार्वजनिक नयाँ गीतबाट पनि निर्माण पक्षले ठुलो आशा बोकेको छ । सुदर्शन थापाले निर्देशन गरेको ‘म यस्तो गीत गाउँछु २’मा पूजा र पलसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ ।

सिनेमाको लागि शिवम अधिकारी र दिनेश न्यौपानेले पटकथा लेखेका छन् । पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको सिनेमामा सौरभ लामाको छायांकन, सुदर्शन थापाको कथा, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ ।

जन्मजय सपाङ राई सह-निर्माता रहेको सिनेमा फागुन २३ मा रिलिज हुँदैछ ।