आयुषमानले लत्त्याए इम्तियाजको अफर

आयुषमानले लत्त्याए इम्तियाजको अफर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड अभिनेता आयुषमान खुरानाले चर्चित निर्देशक इम्जियाज अलिको अफर नकारेका छन् । जानकारीका अनुसार इम्तियाज पंजावी लोकगायक अमर सिंह चमकिलाको जीवनीमा आधारित भएर सिनेमा निर्माण गर्दैछन् ।

उनले शिर्ष भूमिकाको लागि आयुषमानलाई अफर गरेका थिए । तर, आयुषमानले ठाडै अस्विकार गरेको खबर भारतीय मिडियाले लेखेका छन् । इम्तियाज सिनेमाको स्क्रिप्टसहित आयुषमानकोमा पुगेका थिए ।

अफर लत्याउनुको कारण आयुषमानको समय भनिएको छ । यसै वर्ष रिलिज हुने ‘शुभ मंगल ज्यादा साबधान’ र ‘गुलाबो सिताबो’ पश्चात केहि समय ब्रेक लिदैछन् । त्यसैले सिनेमाको अफर नकारेको खबर छ । इम्तियाजले ‘जव वी मेट’, ‘तमाशा’, ‘हाइवे’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन् ।

अमर सिंह पंजावका लोकप्रिय गायक हुन् । तर, कति दर्शक तथा श्रोताले उनलाई छाडा गीत बनाउने गायक भनेर पनि चिन्ने गर्छन । २८ वर्षको उमेरमा पत्नीसहित उनलाई मारिएको थियो ।

आयुषमानले अफर नलिएपछि अब सिनेमाको लागि कार्तिक आर्यनको सम्भावना प्रवल रहेको बताइएको छ । अब हेर्न बाँकी छ, कार्तिकले यो सिनेमा गर्छन या गर्दैनन् ।