सलमानले घोषणा गरे सिनेमा ‘कभी इद कभी दिवाली’

सलमानले घोषणा गरे सिनेमा ‘कभी इद कभी दिवाली’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड सुपरस्टार सलमान खानले नयाँ सिनेमा घोषणा गरेका छन् । शुक्रबार ट्वीटर मार्फत २०२१ को इदमा रिलिज गर्ने गरि उनले ‘कभी इद कभी दिवाली’ घोषणा गरेका हुन् ।

फरहाद सामजीले निर्देशन गर्ने सिनेमाको लेखन साजिद नाडियाडवाला गर्नेछन । साजिद सिनेमाको निर्मातासमेत हुन् । फरहादले पछिल्लो रिलिज ‘हाउसफुल ४’ थियो । जसको बक्सअफिस उम्दा भयो ।

२०१९ को अन्तिममा सलमानको ‘दबंग ३’ रिलिज भएको थियो । १ सय ५० करोड माथिको कलेक्सन गरेको सिनेमाको व्यापार भने अपेक्षित भएन ।

अहिले सलमान सिनेमा ‘राधे: योर मोस्ट वान्टेड भाइ’मा व्यस्त छन् । प्रभुदेवाले निर्देशन गर्ने सिनेमामा सलमान र दिशा पटानीको जोडी बाँधिनेछ । सिनेमामा रणदिप हुडा र ज्याक्की श्रोफ पनि अभिनय रहनेछ । ‘राधे’ यसै वर्षको इदमा रिलिज हुनेछ ।