वरुण बन्ने भए ‘मिस्टर लेले’, भुमि र जाहन्वीसँग स्क्रिन शेयर

वरुण बन्ने भए ‘मिस्टर लेले’, भुमि र जाहन्वीसँग स्क्रिन शेयर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – निर्माता तथा निर्देशक करण जोहरले नयाँ सिनेमा घोषणा गरेका छन् । उनको निर्माणमा ‘मिस्टर लेले’ बन्ने भएको हो । शशांक खेतानले निर्देशन गर्ने सिनेमाको लागि वरुण धवन फाइनल भएका छन् ।

वरुण चित्रित फस्टलुक पनि सार्वजनिक गरिएको छ । पोस्टरमा वरुण कमेडी अवतारमा प्रस्तुत भएका छन् । मिस्टर लेलेको हातमा बन्दुक छ । तर, दुवै हात माथि उठाएका छन् । समस्यामा देखिएका ‘लेले’, के गर्ने भन्नेमा अलमल देखिन्छन ।

रिपोर्टका अनुसार सिनेमामा भुमि पेंडेकर र जाहन्वी कपूर पनि फाइनल भैसकेका छन् । तर, निर्माण पक्ष केहि दिनमै कार्यक्रमका बीच सिनेमाको कास्ट एण्ड क्रु सार्वजनिक गर्ने योजनामा छ ।

निर्देशक खेतान, निर्माता करण र अभिनेता वरुण बीच यो तेस्रो पटक सहकार्य हुँदैछ । यी तीनले ‘हम्टी शर्माकी दुल्हनिया’ र ‘बद्रिनाथकी दुल्हनिया’मा सँगै काम गरिसकेका छन् । र दुवै सिनेमा बक्सअफिसमा सुपरहिट भएका थिए ।

वरुण, भुमि र जाहन्वीले भने पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । सिनेमाको कथा यी तीनको वरिपरी घुम्छ । जो एक रहस्यको प्रत्यक्षदर्शी हुन् । यस रहस्यले यी तीनलाई कहाँसम्म पुर्याउछ, त्यो नै सिनेमाको कथा हो ।

मार्च पहिलो सातादेखि फ्लोरमा जाने सिनेमा २०२१ को जनवरी १ मा रिलिज हुँदैछ ।