बक्सअफिस: ‘तानाजी’को व्यापार दमदार, कमजोर बन्दै ‘छपाक’

बक्सअफिस: ‘तानाजी’को व्यापार दमदार, कमजोर बन्दै ‘छपाक’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – शुक्रबार अजय देवगण स्टारर ‘तानाजी: द अनसुंग वारियर’ र दीपिका पादुकोण स्टारर ‘छपाक’ रिलिज भए । बलिउडले यी दुई सिनेमाबाट ठुलो आशा बोकेको छ, जसले २०२० को सुरुवात राम्रो हुन् सकोस ।

सामाजिक संजालको कुरा गर्दा दुवै सिनेमाले रिलिज अगाडी उच्च हाइप बनाएका थिए । त्यसैले बक्सअफिसमा कडा टक्कर देखिने अनुमान गरिएको थियो । दुवै सिनेमामा समिक्षात्मक रुपमा बलियो पनि देखिएका छन् ।

पहिलो दिन ‘छपाक’ले ४.७७ करोडको ओपनिङ गर्दा ‘तानाजी’ले १५.१० करोडको व्यापार गर्यो । प्रतिष्पर्धामा ‘तानाजी’ तीन कदम अगाडी देखियो । ‘तानाजी’ले घरेलु बक्सअफिसमा करिब ३९ सय स्क्रिन पाएको थियो । भने ‘छपाक’ १७ सय स्क्रिनमा रिलिज भएको थियो ।

त्यसैले पनि दुवै सिनेमाको व्यापार राम्रो मानियो । रिलिजको चौथों दिनसम्म भने ‘तानाजी’ले बक्सअफिसमा छाएको छ । ‘छपाक’को व्यापारमा धेरै नै गिरावट देखिएको छ ।

दोस्रो दिन ६.९० र तेस्रो दिन ७.३५ करोडको व्यापार गर्दै ‘छपाक’ले विकेन्डमा १९.२ करोड बटुल्यो । यस्तै दोस्रो दिन २०.५७ र तेस्रो दिन २६.०८ करोड कमाएको ‘तानाजी’ले विकेन्डमै ६१.७५ करोडको अंक बनायो ।

विकेन्डसम्म ‘तानाजी’ बक्सअफिसमा चम्किदा ‘छपाक’को व्यापार ठिक-ठाक थियो । तर, सोमबारदेखि ‘छपाक’को व्यापार कमजोर बनेको छ । चौथों दिन सिनेमाले जम्मा २.३५ करोडको व्यापार गर्यो । यो सँगै जम्मा कलेक्सन २१.३७ करोड पुगेको छ ।

चौथों दिनमा ‘तानाजी’को कलेक्सन १३.७५ करोड छ । यसको जम्मा कलेक्सन ७५.७८ करोड पुगेको छ । २०२० मा सय करोड क्लबमा इन्ट्री मार्ने पहिलो सिनेमा बन्नेमा कुनै संकोच छैन ।

पिरियड ड्रामा ‘तानाजी’ १ सय २५ करोडको बजेटमा निर्माण भएको हो । त्यसैले पहिलो सातामा सिनेमा लगानीको नजिक पुग्ने देखिन्छ ।

यस्तै ४० करोड बजेटमा निर्माण भएको ‘छपाक’लाई लगानी उठाउन दोस्रो साता तय गर्नु पर्नेछ ।