लभ डायरिज टिजर: प्रेम-विछोडमा सुशील र रुबिना

लभ डायरिज टिजर: प्रेम-विछोडमा सुशील र रुबिना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – फागुन २ गते रिलिज हुने सिनेमा ‘लभ डायरिज’को टिजर सार्वजनिक गरिएको छ । सौरभ चौधरी निर्देशित सिनेमाको टिजरले प्रेम बोल्छ ।

टिजरमा मुख्य कलाकार सुशील श्रेष्ठ र रुबिना थापालाई मात्र स्थान दिइएको छ । दुई बीचको प्रेम, रोमान्स र विछोडका दृश्य टिजरमा अटाएका छन् । प्रेमकथानक सिनेमाले यस वर्षको प्रणय दिवसमा दर्शकलाई प्रेम बाँड्नेछ ।

विनोद सापकोटाले निर्माण गरेको सिनेमामा सुशील र रुबिनासँगै विश्वजित रिमालको पनि मुख्य भूमिका छ । सिनेमाको कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् ।

शाहील खान सह-निर्देशक रहेको सिनेमामा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, अर्जुन पोखरेलले संगीत भरेका छन् ।

सिनेमाका दुई गीत सार्वजनिक भैसकेका छन् । जसलाई दर्शक तथा श्रोताले रुचाएका छन् ।