‘लक्का जवान’ शिर्ष गीतमा जम्बो टिमको नृत्य

‘लक्का जवान’ शिर्ष गीतमा जम्बो टिमको नृत्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौँ – हास्य कलाकार शिवहरी पौड्यालको निर्देशकीय डेब्यु सिनेमा ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।

बाबुल गिरीको संगीतमा तयार गीतमा सिनेमाको जम्बो टिम नाचेको छ । सरोज खनाल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, शिवहरी पौड्याललगायतको टिमलाई गीतमा पाउन सकिन्छ ।

डिपी खनालको शब्द रचनालाई बाबुल गिरी र मीना निरौलाले आवाज दिएका छन् । भने, भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।

शिवहरीकै कथा, पटकथा र संवादमा सरोज खनाल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, शिवहरी पौड्याल, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ ओन्ता, सबिता गुरुङ, अन्जु महर्जनसँगै थुप्रै कलाकारले अभिनय गरेका छन् ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझीको कार्यकारी निर्माण रहेको सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन, र मित्र डी गुरुङको सम्पादन छ ।

चैत २१ गते रिलिज हुने सिनेमाको निर्माता अन्सुया श्रेष्ठ ओन्ता हुन् । सह-निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ छन् ।