अजयको ‘तानाजी’ले ६ दिनमै कमायो सय करोड

अजयको ‘तानाजी’ले ६ दिनमै कमायो सय करोड

द सिनेमा टाइम्स
0
Shares

 द सिनेमा टाइम्स, काठमाडौँ – अजय देवगण, सैफअली खान र काजोल स्टारर सिनेमा ‘तानाजी: द अनसुङ्ग वारियर’ले घरेलु बक्सअफिसमा सय करोड कमाएको छ ।

सिनेमाको व्यापार दिनप्रति दिन उकालो लाग्दै गैरहेको छ । प्रदर्शनको छैटौं दिनमा १६.७२ करोडको व्यापार गरेर सिनेमाले पहिलो शतक बनायो । यहि रफ्तार कायम राखे २ सय करोडको अंक पनि छुन सक्ने ट्रेडको अनुमान छ ।

सिनेमाको छैटौं दिनको व्यापार पहिलो दिनको भन्दा बढी हो । सिनेमाले १५.१० करोडको ओपनिङ गरेको थियो । १ सय २५ करोडको बजेटमा निर्मित सिनेमाको जम्मा कलेक्सन १०७.६८ करोड पुगेको छ ।

अजयको करिअरमा सय करोड माथिको व्यापार गर्ने यो एघारौँ सिनेमा हो । भने, सैफअलि र काजोलको दोस्रो सिनेमा । यसअघि २०१३ मा रिलिज भएको ‘रेस २’ सैफको करिअरमा सय करोड कमाउने पहिलो सिनेमा बनेको थियो ।